अस्कल क्याम्पसमा पेट्रोलियम पदार्थकाे मूल्यबृद्धि फिर्ता लिनुपर्ने माग राख्दै विरोध प्रदर्शन

243

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा अनेरास्ववियुले काठमाडौंको अस्कल क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।

तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेका थिए ।

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएको छन् । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ ।  योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ, भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here