काठमाडौं । पछिल्लो २४ घण्टामा २२ हजार २ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कूल ११ हजार ५८२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ३ हजार ६३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा सात हजार ७५५ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७६४ पुगेको छ ।














