दक्षिण कोरिया विश्वकप २०२२ मा छनोट

91

एजेन्सी । दक्षिण कोरिया एसिया क्षेत्रबाट यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुने दोस्रो राष्ट्र बनेको छ ।

विश्वकप छनोट अन्तर्गत मंगलबार राति सिरियालाई २–० ले पराजित गर्दै दक्षिण कोरियाले विश्वकपमा स्थान पक्का गरेको हो । यसअघि इरान एसियाबाट विश्वकपमा स्थान पक्का गर्ने पहिलो राष्ट्र बनेको थियो ।

रासिद स्टेडियम दुवईमा दक्षिण कोरियाको जितमा जिन सु किम र चाङ हुन क्वानले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
५३औं मिनेटमा किमले गोल गर्दै कोरियालाई सुरुवाती अग्रता दिलाए । ७१औं मिनेटमा क्वानले गोल गर्दै दक्षिण कोरियालाई २–० को जित दिलाए । यस जितसँगै छनोटको समूह ‘ए’ मा रहेको दक्षिण कोरियाले ८ खेलमा २० अंक जोडेको छ । दक्षिण कोरिया दोस्रो स्थानमा रहेको छ ।
यही समूहबाट इरानले विश्वकपमा स्थान पक्का गरिसकेको छ । शीर्षस्थानमा रहेको इरानको २२ अंक छ । पराजित सिरिया २ अंक जोडेर पुछारमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here