कोरोना खोप अनिवार्य गरेको विषयमा क्याननडामा आन्दोलन चर्कियो, प्रधानमन्त्री परिवारसहित घरबाट बेपत्ता

77

-राज्यलक्ष्मी शाक्य
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ’ को चर्चा सुरु भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ’ को बारेमा अध्ययन थालेको जनाएको छ।
चीनका अनुसन्धानकर्ताले अफ्रिकामा पत्ता लगाएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ’ अहिले जनावरहरुमा तीव्र रुपमा फैलिरहेको जनाईएको छ। जनावरमा तीव्र रुपमा फैलिरहेको यो भाइरस भविष्यमा मानिसको लागि पनि खतरनाक हुनसक्ने अनुसन्धानकर्ताहरुले जनाएका छन्।कोरोना भाइरस छुट्टाछुट्टै किसिमका भाइरसका समूहका हिस्सा रहेको बैज्ञानिकहरुले जनाएका छन्, जसले सामान्य रुघाखोकीदेखि गम्भीर किसिमका स्वाशप्रश्वाससम्बन्धी समस्या पैदा गर्न सक्छन्।

विश्व स्वास्थ्य संगठनले आफूसँग कोरोना भाइरसको नयाँ भेरियन्टले पुर्‍याउन सक्ने खतराका बारेमा प्रारम्भिक जानकारी रहेको तर यो भाइरस मानिसका लागि खतरनाक छ अथवा छैन भन्ने कुराको बारेमा अझै अध्ययन आवश्यक भएको जनाएको छ।विश्व स्वास्थ्य संगठनका अनुसार मानिसमा आउने सबै संक्रामक रोगहरुको ७५ प्रतिशतभन्दा धेरै स्रोत जनावर नै हुन्। खासगरी जंगली जनावर यस्ता संक्रामक रोगका ठूला स्रोत हुन्। कोरोना भाइरस जनावरमा हुने भाइरस हो। यसमा चमेरो पनि पर्छ। चमेरो अरु धेरै किसिमको भाइरसको प्राकृतिक भण्डार हो, बिश्व स्वास्थ्य संगठनले जनाएको छ । अध्ययनका अनुसार नियोकोभ कोभिड १९ भाइरस जस्तो मानव कोषसँग जोडिन सक्छ। ‘नियोकोभिडमा एक म्यूटेशनपछि मानिसको लागि खतरनाक बन्न सक्छ’, विश्व स्वास्थ्य संगठनले अगाडि उल्लेख गरेको छ, ‘यद्यपि यो अध्ययनको अहिलेसम्म अन्तिम समीक्षा आइसकेको छैन।’

यसैबीच कोरोनाका खोपहरु लगाउने अभियानले तीब्रता पाएको छ । तर खोप लिएकाहरुमा पनि संक्रमण भैरहेको र मृत्यु पनि भैरहेका घटनाले खोपप्रति जनबिश्वास घट्ने क्रम जारी छ । क्यानडामा कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको बिरोधमा आन्दोलन चर्किएको छ। अमेरिका(क्यानाडा सीमा पार गर्ने ट्रक चालकहरुका लागि खोप अनिवार्य गरेको बिरोधमा क्यानडाको राजधानी सहर आन्दोलित भएको छ। प्रदर्शनकारीहरूले क्यानाडाको ओटावामा हजारौं प्रदर्शनकारी स्वतन्त्रता र्‍यालीमा सहभागी भए। स्वस्तिक झण्डा देखिने र अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको फुटेजलगायतका कैयौँ घटनापछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ। रक्षामन्त्री अनिता आनन्दले घटनाहरू निन्दनीय भएको जनाएकी छिन् ।

ओटावा प्रहरीले एक ट्विटर पोस्टमा राजधानी सरहका स्मारक फोहर बनाएको र प्रहरीका साथै कर्मचारीमाथि धम्कीपूर्ण व्यवहारका साथै गाडीहरुको तोडफोडका बारेमा अनुसन्धान भइरहेको जनाएको छ। ट्रकहरूले क्यानाडाको संसद भवनको वरपरका सडकहरू अवरुद्ध गरका छन्। ओटावाका मेयर जिम वाट्सनका अनुसार प्रदर्शनकारीहरुले होटलका कर्मचारीहरुमाथि पनि अभद्र व्यवहार गरेका छन्। रेस्टुरेन्टहरूले मास्क लगाउन अनिवार्य गरेपछि उनीहरुले निशुल्क खानाको माग गरेका थिए।

प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवारले गत शनिबार सुरक्षा चिन्ताको कारण ओटावास्थित आफ्नो निवास छोडेको बीबीसीले जनाएको छ।
क्यानाडाको १ लाख २० हजार क्रस बोर्डर ट्रक चालकहरु मध्ये करिब ९० प्रतिशले खोप लगाएका जनाइएको छ। ट्रुडोले गत एक पत्रकार सम्मेलनमार्फत प्रदर्शनकारीहरुलाई अलपसंख्यकहरुको आन्दोलन भनेर होच्याएका थिए। तर देशका विभिन्न भागमा खोप अनिवार्य गरेको विरोधमा आन्दोलन चर्किएर गएको छ।जसका कारण प्रधानमंत्रीले नै निवास छोडेर भाग्नु परेको छ । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here