राष्ट्रघाती एम.सी.सी. सम्झौताको खारेजी विरोध प्रदर्शन

85

काठमाडाैं ।  ‘राष्ट्रघाती एम.सी.सी. सम्झौताको खारेजी’को निम्ति नेपालका वामपन्थी र देशभक्त शक्तिहरुले विविध प्रकारका सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्दै आएकोतथ्य सर्वविदितै रहेकाे जनाएका छन् ।

पूर्व र बहालवाला प्रधानमन्त्रीहरु केपी शर्मा ओली एवम्शेरबहादुर देउवाले पटक–पटक यो राष्ट्रघाती सम्झौतालाई संसद्बाट पारित गराउने प्रयास गरे पनि असफल हुँदै आएका छन् ।

फेरि पनि अमेरिकी सरकारको दबावको अगाडि घुँडा टेकेर शेरबहादुर देउवा संसद्मा जसरी पनि एम.सी.सी. प्रस्तुत गरी त्यसलाई पारित गराउने कसरतमा लागेको कुरा व्यापकरुपमा सार्वजनिक भएको छ । नेपालको सार्वभौमिकताको रक्षा गर्न र हाम्रो देशलाई विदेशी शक्तिहरुको क्रिडास्थल बन्न नदिनका लागि हामी पुनः सडकमा उत्रिन बाध्य भएका छौं ।

यसका लागि सम्पूर्ण देशभक्त, वामपन्थी, राष्ट्रवादी शक्ति (व्यक्तित्व)हरुसँग एकताबद्ध भएर सङ्घर्ष गर्न हामी आह्वान गर्दछौं । पुनश्चः कोरोना महामारीलाई ध्यानमा राख्दैस्वास्थ्य मापदण्डको पूर्णपालना गरिनेछ ।

यहि माघ २६ गते आइतबार १ बजे  माइतीघर मण्डला, काठमाडौं  हुने कार्यक्रममा  कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक दलहरु  १. नेकपा (क्रान्तिकारी माओवादी) २. नेकपा (मसाल) ३.नेकपा (माले) ४. नेपाल कम्युनिस्ट पार्टी ५. राष्ट्रिय जनमोर्चा ६. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ७. नेपाल कम्युनिस्ट पार्टी, ८. नेकपा (माओवादी केन्द्र समाजवादी) ८. नेकपा (माओवादी मोर्चा) १०. राष्ट्रिय जागरण मञ्च ११. जनसमाजवादी पार्टी १२. नेकपा (संयुक्त) १३. राष्ट्रिय जागरण परिषद्, नेपाल १४. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी १५. नेकपा (बोल्शेविक) १६. एम.सी.सी. खारेज अभियान १७. पुष्पलाल अध्ययन समाज १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) १९. माक्र्सवादी एकता अभियान २०. नेकपा (माक्र्सवादी) २१. नेकपा माक्र्सवादी (पुष्पलाल) २२.समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् । साथै सी.पी. गजुरेल (२२ राजनीतिक दल-सङ्गठनको कार्यगत एकताका तर्फबाट रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here