एन आई सी एशियाले ‘सर्वश्रेष्ठ बचत खाता निशुल्क आकर्षक सेवाहरू ल्यायाे

65

काठमाडौं ।  एन आई सी एशिया बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनामा ग्राहकहरू को अत्यन्त उत्साहजनक रहेको जनाएको छ ।

साे  योजनामा सहभागीता हुने कर्मचारीहरू लगायत सबै सरोकारवालाहरूप्रति बैंकले आभार तथा कृतज्ञता व्यक्त  गरेको छ । देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैकको दावी छ ।

बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेकेको बताउँदै आएको छ ।

यसै अनुरुप बैंकले यस अघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्ने भएको छ ।

बचत खातामै रू. ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ । जसलाई निम्नानुसार तालिकामा देखाइएको छ

क्र.सं. विवरण फाईदा
डेबिट कार्ड पाँच वर्षको लागि निःशुल्क
मोबाइल बैंकिङ्ग पाँच वर्षको लागि निःशुल्क
इन्टरनेट बैंकिङ्ग पाँच वर्षको लागि निःशुल्क
वार्षिक क्रेडिट कार्ड शुल्क पाँच वर्षको लागि निःशुल्क
क्रेडिट कार्ड सीमा अधिकतम रू. ५ लाखसम्म
क्रेडिट कार्ड जारी शुल्क निःशुल्क
क्रेडिट कार्ड वार्षिक शुल्क निःशुल्क
प्रिपेड डलर कार्ड पाँच वर्षको लागि निःशुल्क
डिम्याट खाता एवं मेरो शेयर शुल्क पाँच वर्षको लागि निःशुल्क
१० चेक क्लियरिङ पाँच वर्षको लागि निःशुल्क
११ RTGS पाँच वर्षको लागि निःशुल्क
१२ IPS/CPS/Fund Transfer पाँच वर्षको लागि निःशुल्क
१३ लकर दस्तुर/लकर मार्जिन पाँच वर्षको लागि निःशुल्क/१०० प्रतिशत मिनाहा
१४ Portfolio Management सेवा शुल्क पाँच वर्षको लागि ५० प्रतिशत छुट
१५ ई–कमर्श निःशुल्क सुचारु एवं पाँच वर्षको लागि निःशुल्क
१६ स्विप इन–स्विप आउट सुविधा खातामा रू. २ लाख भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा मुद्दती निक्षेप अनुसारकै ब्याजदर प्राप्त हुनेछ ।
१७ एटीएम शुल्क देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निःशुल्क
१८ विदेशी मुद्रा (USD, GBP, EUR, CAD र AUD) सटही २५ पैसा Premium वा Rebate

बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाईदा सम्बन्धी विस्तृत जानकारीको लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा क्द्य टाइप गरी ३४८८ मा एसएमएस पठाउन सकिनेछ ।

बैंकलाई  गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत  जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको बैंकको दावी छ ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here