एमसीसी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै प्रर्दशन

130

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको छ । उसले एमसीसी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै शनिवार शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनको नेतृत्व नै संगठनका अध्यक्ष सुदेश पराजुलीले गरेका थिए ।

मसाल जुलुसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको भिडिओमा देखिएको छ । प्रदर्शनका क्रममा उनीहरुले एमसीसी खारेज गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर लगायतका नारा लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here