भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा

124

वरिष्ठ गायिका लता मंगेशकरकाे निधनमा भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा गरिएकाे छ ।

समाचार एजेन्सी एएनआईका अनुसार सरकारले मंगेशकरकाे निधनमा आइतवार र साेमवार दुई दिन राष्ट्रिय शाेक घाेषणा गरेकाे हाे । दुई दिन राष्ट्रिय झन्डा आधा झुकाइने बताइएकाे छ ।

यसका साथै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लता मंगेशकरकाे अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने घाेषणा गर्नुभएकाे छ ।

वरिष्ठ गायिका मंगेशकरको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतवार सरस्वती पूजाकाे दिन ‘मल्टी अर्गान फेलर’ का कारण उहाँकाे निधन भएकाे हाे । उहाँकाे निधनप्रति भारतसहित विश्वका विभिन्न देशबाट श्रद्धाञ्जली दिने क्रम बढेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here