वरिष्ठ गायिका लता मंगेशकरको निधन

138

काठमाडौं । भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ। मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। २८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनको ९२ वर्षको उमेरमा निधन भएको हो।

कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।उनी विगत दुई सातादेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिइन्। ९२ वर्षीया मंगेशकरलाई आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी थिइन्।

उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी थिइन्। लताले थुप्रै नेपाली गीतमा पनि स्वर दिएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here