काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट संयुक्त जनवर्गीय संगठनका नेता–कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध चक्काजाम गरेका छन् ।
आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एक घण्टा चक्काजाम गरिएको हो । त्यसक्रममा प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन् । चक्काजामका कारण केही बेर सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो ।

















