काठमाडाैं । चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुलेलाई ताम्रपत्र सहितको सम्मान गरिएको छ ।
किरात राई यायोक्खाको ३६औँ स्थापना दिवसको अबसरमा वाम्बुलेलाई सम्मान गरिएको हो ।
किराया जागिरमान शुभाषी राई सास्कृतिक भिडियो कृति पुरस्कार कोषको शीर्षक अन्तर्गत निर्देशक वाम्बुलेलाई सम्मान गरिएको हो ।
प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड प्रमुख अतिथि रहेको कार्याक्रममा प्रमुख अतिथिको आगमन ढिलो हुन भएपछि वाम्बुलेलाई विशेष अतिथि सस्कृति तथा पर्यटन मन्त्री सुदन किराती र यायोक्खाका अध्यक्ष जिवन हाताचाले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेको हो ।

कार्याक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, इतिहासकार दिनेशराज पन्त, पत्रकारद्वय दिपिन राई र श्रीशिशा राई, कृतितर्फ लोकबहादुर बायुङ राई, सुकराज राई र खुक्सङ खम्बु राई, भद्रगोल किराती, खेलकुदतर्फ प्रिया राई, गायकद्वय राजेशपालय राई र रुपकुमार राईलाई विभिन्न नामका पुरस्कारबाट पुरस्कृत गरिएका थिए ।
यस्तै, विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गर्ने शान्तिदेवी राई, भरत राई, रामकुमार राई, हरिध्वज राईलाई सम्मान गरिएको छ ।


















