एमसिसीको विवाद छिट्टै अन्त्य हुने दाबी

114

काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसीको विवाद छिट्टै अन्त्य हुने दाबी गरेका छन्।

आइतबार बालुवाटारमा कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुको बैठकपछि कार्कीले छलफल सकारात्मक भएको दाबी गर्दैै एमसिसी छिट्टै पारित हुने दाबी गरेका हुन्।

बैठकपछि कार्कीले भने, ‘एमसिसी विवाद अन्त्य भएर कार्यान्वयनमा जान्छ। सकारात्मक रुपमा छलफल भएको छ।’

उनले नेताहरुको बैठकमा एमसिसी, चुनाव, र संसद खुलाउने विषयमा गम्भीरता पूर्वक छलफल भएको जानकारी दिए।

एमसिसीबारे सत्ता गठबन्धमा रहेका प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच फरक फरक धारणा व्यक्त भएको थियो।

देउवाले तत्काल पारित गर्न एमालेसँग सहयोग मागे भने दाहालले चुनावपछि मात्रै पारित गर्नुपर्ने प्रस्ताव अघि सारेको एमाले महासविच शंखर पोखरेलले जानकारी दिए। मन्त्री कार्कीले एमसिसीका कारण गठबन्धनमा समस्या नहुने दाबी गरे।

उनले भने, ‘एमसिसीको विषयले गठबन्धनमा समस्या छैन र रहँदैन पनि।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here