‘तिम्रै लागि’ मा बिना र दिल बिश्वकर्माको म्यूजिक भिडियाे

334

 

काठमाडौं  । नेपाली संगीतमा आफ्नो भविष्य खोजिरहेका प्रतिभाशाली युवा गायक दिल बिश्वकर्माले ‘तिम्रै लागि’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

वैदेशिक रोजगारीको क्रममा हाल सीओल, कोरियामा रहेका रहेका गायक बिश्वकर्माको यस गीतमा स्वर, शब्द र संगीत समावेश छ।  गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ। प्रेमिल जोडी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक बिश्वकर्मा  र बिना राउत फिचर्ड छन्।  नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई दिपेन बस्नेतले सम्पादन गरेका हुन्।

सुबोल थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक बिश्वकर्माको  च्यानल ‘दिल बिश्वकर्मा अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायक बिश्वकर्माको स्वरमा रहेको ‘अस्ट्रेलिया जाउली माया’ स्रोता माझ लोकप्रिय छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here