आजबाट कामपाले विद्यार्थीलाई खोप फाइजरको दोस्रो डोज लगाइँदै

79

काठमाडौं ।  आजबाट काठमाडौं महानगरपालिकामा विद्यार्थीलाई कोरोनाभाइरस विरुद्धको खोप फाइजरको दोस्रो डोज लगाइँदै छ।

महानगरभित्रका सबै विद्यालयका पहिलो डोज लगाएका विद्यार्थीलाई दोस्रो डोज दिन लागिएको हो। १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई विद्यालयमै फाइजरको दोस्रो डोज दिइने महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जनाएका छन्।

काठमाडौं महानगरको शिक्षा विभागले सबै विद्यालयलाई परिपत्र गरी खोप लगाउन समन्वय गर्न आग्रह गरेको छ। विद्यार्थीलाई आजदेखि ५ फागुनसम्म खोप दिइनेछ।

महानगरका ३२ वटै वडाका यसअघि खोप केन्द्र रहेका विद्यालयमा दोस्रो डोज दिने व्यवस्था गरिएको छ। शनिबारबाहेक सबै दिन बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ।

पहिलो डोज लगाएको २१ दिन पुगेका सबै बालिबालिकालाई खोप लगाउन महानगरले अनुरोध गरेको छ। यसका लागि पहिलो डोज लगाएको खोप कार्ड बोकेर देखाउनुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here