टेलिकमकाे ‘एनटी एनिभर्सरी अफर’ सार्वजनिक

97

काठमाडाैं । नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी अफर’ सार्वजनिक गरेको छ । यो अफर माघ १८ गतेदेखि फागुन ३ गतेसम्म लागु हुनेछ ।

उक्त अफर अन्तर्गत १० दिनका लागि मान्य हुने २९४ रूपैयाँमा २० जीबी डेटा पाइने छ । त्यस्तै ३ दिनका लागि मान्य हुने ९८ रूपैयाँमा ६ जीबी र १ दिनका लागि मान्य हुने ६९ रूपैयाँमा अनलिमिटेड डेटा पाइने छ ।   यो अफर *१४१५*११# डायल गरेर लिन सकिने छ । साथै टेलिकमको मोबाइल एप प्रयोग गरेर पनि यो अफर लिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here