काठमाडौं । थारु कल्याणकारिणी सभा (थाकस) ले सरकारी विज्ञापनमा थारु समुदायलाई पनि आरक्षण माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
थाकसका महामन्त्री प्रेमिलालप्रसाद चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले थाकसको तर्फबाट संयुक्त रुपमा रिट दिएका हुन् । रिटमा माघ २६ गते बुधबारका लागि पेशी तोकिएको छ ।
थारु कल्याणकारिणी सभाका महामन्त्री चौधरीका अनुसार बागमती प्रदेश लोकसेवा आयोगले गत माघ ४ गते र माघ १० गते गरेको विभिन्न पदको विज्ञापन गर्दा आरक्षण कोटामा थारु समुदायलाई सिट नछुट्याएकाले पुनस् विज्ञापनको माग गर्दै रिट दिइएको हो ।
सरकारले थारु समुदायसँग पटक(पटक पूर्ण समावेशी व्यवस्था गर्ने प्रतिवद्धता जनाएको तर त्यसको कार्यान्वयन नगरेकाले ती सहमति कार्यान्वयनका लागि सर्वोच्चमा रिट दिएको रिट निवेदक अधिवक्ता श्रवणकुमार चौधरीले बताए ।
उनले भने, ‘राज्यले थारु समुदायसँग सम्झौता गर्दै जान्छ, लत्याउँदै जान्छ । यो थारु समुदायप्रति राज्य र यसका निकायहरुले गरेको अपमान हो, संविधानको बर्खिलाप हो ।’
हेर्नुस् थाकसले सर्वोच्चमा दायर गरेको रिट




















