सेयर बजार ओरालो लाग्याे

89

काठमाडौं– साप्ताहिक करोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ।  सेयर बजार परिसूचक नेप्से ११.९६ अंकले घटेर २८०१.५६ बिन्दुमा झरेको छ। साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से २२.५४ अंकले घटेर २८२३.४७ बिन्दुमा झरेको थियो।

समग्र रूपमा नेप्से ०.४३ प्रतिशतले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार ३ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो। हिजाे कूल २२७ वटा कम्पनीको ६९ लाख ५० हजार ८ सय ३८ कित्ता सेयर खरीद बिक्री भएका छन्।

एक्सचेन्जका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ उपसमूहको सेयर बढेको छ भने बाकी उपसमूह घटेको छ।  आज सबैभन्दा धेरै जलविद्युत कम्पनी समूह घटेको छ। कारोबार भएका म्युचुअल फण्ड, अन्य र ब्यापार उपसमूहको सेयर बढेको हो।

नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ  । टेलिकमको २५ करोड ४८ लाख ३९ हजार ५ सय ६४ रूपैयाँको कारोबार भएको हो। आज सर्वाधिक इकाइमूल्य बढ्ने कम्पनीहरुको पहिलो नम्बरमा नबिल इक्वीटी फण्ड रहेको छ। फण्डको इकाइमूल्य आज २.७६ प्रतिशतले बढेर ११ रूपैयाँ १५ पैसामा अन्तिम कारोबार भएको छ।

यस दिन मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन्। आज संस्थाको सेयरमूल्य ४ प्रतिशतले घटेर १ हजार ६ सय ५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here