एमसीसी विषयलाई लिएर प्रतिनिधि सभाको बैठक स्थगित

152

काठमाडौं । निरन्तर संसद् अवरोध गर्दै आइरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फागुन २ गतेका लागि आह्वान गरिएको प्रतिनिधि सभाको बैठक सार्न आग्रह गरेको छ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन २ का लागि तोकिएको बैठक सार्न आग्रह गरिएको जानकारी दिए।  ‘फागुन २ भन्दा अगाडि नै वा त्यसपछि बैठक राख्न भनेर हामीले आग्रह गरेका हौं,’ उनले भने, ‘२ गते पार्टीको प्रदेश १ स्तरीय भेला भएकाले सार्न भनेका हौं।’    आफूहरुले संसद् सचिवालयलाई मौखिक रुपमा आग्रह गरेको भट्टराईले जानकारी दिए।

फागुन २६ गतेका लागि बोलाइएको बैठक सरकारको आग्रहमा फागुन २ गतेका लागि तोकिएको छ। प्रमुख प्रतिपक्षी दलले बैठक सार्न आग्रह गरे पनि यस बारेमा कुनै निर्णय भइसकेको छैन।

पछिल्लो समय सत्ता गठबन्धन भित्र नै एमसीसी परियोजनाको विषयलाई लिएर विवाद देखिएपछि प्रतिनिधि सभाको बैठक स्थगित हुँदै आएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले असोजदेखि नै निरन्तर रुपमा संसद् बैठक अवरोध गर्दै आइरहेको छ।   नेकपा एमालेको स्थानीय तह परिचालन विभाग र स्कुल विभागले फागुन २ गते विराटनगरमा भेला आयोजना गरेको छ ।

भेलामा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरु सहभागी हुने भेलामा प्रदेशभित्रका सबै सांसदहरु पनि सहभागी हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here