काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीका नेताहरुले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन्। ‘किसान आन्दोलन’का नाममा तराईंमा प्रतिरोधात्मक गतिविधि बढाएको जनमत पार्टीका नेताहरुले आफूहरुका ‘मुद्दा’को सम्बोधनका लागि भन्दै गृहमन्त्री खाणसँग भेटवार्ता गरेका हुन्।
जनमत पार्टीका अध्यक्ष राउतले पार्टीका पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटवार्ता गरेका हुन्।
गृहमन्त्रीसँगको भेटवार्तामा उच्चस्तरीय समिति गठनसहित किसान आन्दोलनको मुद्दाको सम्बोधनको विषयमा छलफल भएको राउतले जनाएका छन्।


















