किन खाली उड्यो निगमको २७४ सिटे जहाज ?

154

राष्ट्रिय ध्वजावहाक नेपाल वायु सेवा निगमको नयाँ वाइडबडी (३३०–२२०) सिरिजको जहाजले नयाँदिल्लीमा ‘प्रुफिङ फ्लाइट’ गरेको छ । अन्तर्राष्ट्रिय हवाई उड्ययनको छाता संगठन (आईकाओ) को मापदण्ड पुरा गर्न व्यवसायिक उडान गर्नुअघि यो जहाजले प्रुफिङ फ्लाइट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको हो ।

असार १४ मा काठमाडौँ आइपुगेको यो जहाजले नेपाल नागरिक उड्ययन प्राधिकरणबाट सबै अनुमति लिइसकेपछि ‘प्रुफिङ फ्लाइट’ गरेको हो । निगमले सबै प्रक्रिया पुरा गरेर पहिलो पटक भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यो जहाज पठाएको हो । यो जहाजमा निगमका केही प्राविधिक र अधिकारीहरु सोमबार अपरान्ह ४ बजेर २६मिनेटमा दिल्लीका लागि उडेका छन् । यो उठानमा यात्रु बोकिँदैन, यो उडान सफल भएपछि व्यवसायिक उडानको बाटो खुल्छ । अन्नपूर्ण पोस्टबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here