हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध

184

हुम्ला । हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ। हावाहुरी चल्दा आज बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ।

केही दिन अघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेको छ। घाम लागेपछि दिनहुँ बिहान १०/११ बजेपछि मात्र उडान हुँदै आएकामा आज हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध हुन पुगेको हो।    नेपालगञ्जबाट हुम्लाका लागि उडान भरेका सीता, समिट र तारा एयरका जहाज सिमकोटको आकासमा पुगेर पनि फिर्ता भएको विमानस्थल श्रोतले जानकारी दिएको छ।

विमानस्थलमा अवतरण गर्ने क्रममा एक्कासी हावाहुरी चल्दा जहाज नेपालगञ्ज नै फिर्ता भएका छन्।   नेपालगञ्जबाट हुम्ला पुग्न जहाजलाई करिब ४५ मिनेट समय लाग्छ। हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ। यात्रु सिमकोटमै अलपत्र परेका छन्।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here