काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने जनाइएको छ ।
नयाँ बसपार्कस्थित सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खुलाएको उपहार योजनाबारे जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मलका महाप्रबन्धक अमर निरौलाले सो कुरा जनाएका हुन् । नयाँबसपार्कलाई आवश्यक सुरक्षा दिएर २४ सै घण्टा सञ्चालन गर्ने वातावरण राज्यले निर्माण गर्नुपर्ने उनको धारणा छ ।
काठमाडौं महानगरपालिकासँग सम्झौता गरी विस २०५४ सालदेखि लोत्से बहुउदेश्यीय प्रालिले सञ्चालन गरेको नयाँ बसपार्कबाट हाल देशभर दैनिक ५०० भन्दा बढी सार्वजनिक बस तथा माईक्रोबस आवतजावत गर्दै आएका छन् ।
मलले रु एक हजारभन्दा बढी रकमको सामान खरीद गर्ने ग्राहलाई उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सीसीको यमाहा मोटरसाइकल, द्धितीय पुरस्कार ११३ सीसीको यमाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौँथो पुरस्कार डिएचआई १८५ लीटरको फ्रिज रहेको छ । यस्तै, डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार घोषणा गरेको छ ।
उक्त पुरस्कार आगामी मङ्सीर ११ गते खोलेर विजयी घोषणा गरिने मलले जनाएको छ ।



















