काठमाडौं फेरि बालुवा बर्ड फ्लू

282
Swabbing barred rock mix breed rooster to test for avian influenza
काठमाडौं ।  काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ३ बालुवामा बर्ड फ्लू देखिएको छ । कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

त्यसैगरी चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।  रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरीएको छ ।यसै क्रममा पशु सेवा विभाग कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,

ललितपुरकाे गोकर्णेश्वर नगरपालिका लगायतका निकायहरुको समन्वयमा रोग नियन्त्रणको लागि खटिएको टोलीले रोग देखिएका क्षेत्रमा रहेका सम्पूर्ण स्थानीय कुखुरा, अण्डा, दाना लगायतका रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरी रोग नियन्त्रण गरेको छ।

उक्त टोलीलबाट २० स्थानीय कुखुरा, ५ परेवा, ३ लौकाट नष्ट गरी सुरक्षित तवरले डिस्पोज गरिएको छ।   यसै गरी पशु सेवा विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, जिल्ला प्रशासन कार्यालय, चितवन, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवन, राप्ती नगरपालिका लगायतका निकायहरुको समन्वयमा रोग नियन्त्रणको लागि खटिएको टोलीले रोग देखिएको क्षेत्रमा रहेका १९१३ गोटा लेयर्स कुखुरा, १४ गोटा हाँस, २० गोटा हाँसको अण्डा, १००० के।जी। दाना र ३५० गोटा अण्डाको केट नष्ट गरी सुरक्षित तवरले डिस्पोज गरिएको छ। साथै रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिसकिएको छ।   विगत एक महिनादेखि मोरङ जिल्लाका विभिन्न स्थानमा देखिएको बर्ड फ्लु रोग नियन्त्रण गरी सो क्षेत्रमा सघन निगरानी कार्य भैरहेको पनि विभागले जनाएको छ ।

सरकारले बर्डफ्लु रोग नियन्त्रणको लागि संक्रमण पुष्टि भएको क्षेत्र लगायत अन्य क्षेत्रहरुमा नियमित रुपमा सघन रोग सर्भिलेन्स, नमूना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम संचालन गरिरहेको हो।   यसअघि चालू आर्थिक वर्षमा पहिलो पटक मोरङमा बर्डफ्लू देखिएको थियो । माघ १६ गते पशु सेवा विभागले मोरङ जिल्लाको ग्रामथान १ खुनियाकट्टा र बुढिगंगा  ५ मा बर्ड फ्लु पुष्टि भएको जनाएको थियो । मोरङसँगै चालू आर्थिक वर्षभरिमा हालसम्म चितवन र काठमाडौँमा बर्ड फ्लू पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here