अदालतका चार जना न्यायाधीशविरुद्ध काउन्टर महाभियोग प्रस्ताव दर्ता गर्ने

94

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध काउन्टर महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ।सत्तागठबन्धनले कुनै प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफलै नगरी  प्रधानन्यनधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याएकाले काउन्टर प्रस्ताव दर्ताको तयारी गरेको एक नेताले बताए।

एमालले संसद पुनःस्थापनाको फैसला गर्ने दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो। यसबारे औपचारिक निर्णय भने ११ बजे बस्ने संसदीय दलको बैठकले गर्नेछ।

बैठकबाट सांसदहरुको हस्ताक्षर संकलन गर्ने तयारीसमेत गरिएको उनले बताए।

सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार साँझ बसेको एमालेको सचिवालय बैठकमा महाधियोगविरुद्धमा लागने निर्णय गरेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले  गत जेठ ७ गते गरेको संसद विघटनलाई गत २८ असारमा प्रधानन्यायाधीश जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले असंवैधानिक ठहर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here