सहकारीको ब्याजदर बढाउन सहकारी मन्त्री सकारात्मक

170

काठमाडौं / सहकारीको ब्याजदर बढाउन सहकारी मन्त्री सकारात्मक देखिनुभएको छ । राष्ट्रिय सहकारी महासंघको टोलीले सहकारी मन्त्री शशी श्रेष्ठलाई भेट गरि सहकारीको ब्याजदर बढाउन लविङ गरेका थिए ।

बैंकहरुले ब्याजदर बढाउँदा सहकारी मारमा परेको महासंघको टोलीले जानकारी गराएका थिए । महासंघका अध्यक्ष मिनराज कडेंलको नेतृत्वमा गएको टोलीले मन्त्र श्रेष्ठसँग गरेको छलफलमा मन्त्रालयका सचिव, सहकारी विभागका रजिष्ट्रार लगायत उच्च पदस्थ कर्मचारीहरूको पनि उपस्थिती रहेको थियो ।

भेटमा मन्त्री श्रेष्ठले दीर्घकालिन रुपमा ब्याजदरको समस्या समाधान गर्न माफू लाग्ने बताउनुभएको छ । अहिलेको अवस्थामा सहकारीलाई परेको समस्या समाधान गर्न आफू लाग्ने प्रतिक्रिया दिनुभएको थियो ।

सहकारी क्षेत्रलाई टिकाउनु पर्ने र यो क्षेत्रलाई टिकाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको टोलीमा सहभागी एक सदस्यले सहकारीखबरलाई जानकारी दिनुभयो ।

छलफलमा महासंघका अध्यक्ष कंडेलले बैंक वित्तीय संस्थाहरुले निक्षेपमा ब्याज वृद्धि गरेसँगै सहकारीको पनि ब्याजमा तत्काल पुनरावलोकन गर्नुपर्ने आवश्यकक्ता औल्याउनुभयो ।

छलफलमा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले यस विषयमा संवेदनशिल भई मन्त्रालय र विभागले निकास दिनुपर्ने बताउनुभएको थियो ।

त्यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सन्दर्भ व्याजदरलाई गतिशिल बनाउनका लागि वेस रेटका आधारमा प्रिमियम तोक्ने व्यवस्था उपयुक्त हुने सुझाव दिनुभयो ।

आजै महासंघका अध्यक्ष मीनराज कंडेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेट गरेको थियो ।

मन्त्रीसँगको भेटघाट तथा छलफलमा राष्ट्रिय सहकारी विकास वोर्डका सह—अध्यक्ष मित्रराज दवाडी, महासंघका संचालक सागर ढकाल र खेमबहादुर पाठक उपस्थिती रहेको थियो । त्यस्तै नेफ्स्कुनका महासचिव तथा संचालक, राष्ट्रिय सहकारी बैंकका संचालक लगायतको सहभागिता रहेको थियो ।

अहिले सहकारी बजारमा देखिएको समस्या २ दिनभित्र समाधान गर्न महासंघ लागि परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here