पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
उनी बेइजिङ ओलम्पिकको उद्घाटनका क्रममा पनि सहभागी भएका थिए । त्यस भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।-सिन्ह्वा
















