काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । सर्वसाधारणका लागि ३ लाख कित्ता शेयर जारी गर्न संस्थाले प्रक्रिया अघि बढाएको हो ।
संस्थाले नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरू मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरी ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।


















