काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष तथा पूर्व(प्रधानमन्त्री माधवकुमार नेपाल र मित्रराष्ट्र पाकिस्तानका राजदूत साइद हाइदर शाहबीच भेटवार्ता भएको छ ।
फागुन २ गते सोमबार साँझ नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा दुई पक्षीय आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको हो । पूर्व-प्रधानमन्त्री नेपालले यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे ।
नेपालका लागि पाकिस्तानका राजदूत साइद हाइदर शाहले नेपाल र नेपाली जनतासँग पाकिस्तानको पुरानो मित्रवत सम्बन्ध रहेको जनाउँदै नेपालको विकासमा पाकिस्तान सरकारको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
आउँदा दिनमा नेपालका विभिन्न क्षेत्रको विकासका लागि सहकार्य गर्ने र सम्बन्ध थप उचाईमा पुग्ने विश्वास समेत ब्यक्त गरे । नेपाल र पाकिस्तानबीच सास्कृतिक, सामाजिक सम्बन्ध रहेको र आफ्नो कार्यकालमा थप उचाईमा पुग्ने उनको तर्कछ । उनीहरुबीच नेपालको समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो।


















