बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरू पक्राउ

100

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय
अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका-९ वतन भई काठमाडौं महानगरपालिका-
२६ सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्शन प्रालिका संचालक ३२ वर्षीय सुरज गुरुङ र
सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका-३१ तीनकुने बस्ने ३६ वर्षीय सुमित
भण्डारी रहेका छन् ।
उच्च अदालत पाटनको गत मंसिर २४ गतेको फैसलाले सुरजलाई २४ दिन कैद र ७२
लाख रुपैयाँ जरिवाना र सुमितलाई २०७७ मंसिर १३ गतेको फैसलाले ५ दिन कैद र ९ लाख
७३ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । सुरजलाई आइतबार काठमाडौं गोंगबुबाट र
सुमितलाई सोमबार लाजिम्पाटबाट फेला पारी पक्राउ गरिएको हो ।
उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी
पीडितहरूलाई झुक्यानमा पारी आ-आफ्नो बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएको ठहर
गरी उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।

फैसला कार्यान्वयनका लागि सुरजलाई जिल्ला अदालत ललितपुर र सुमितलाई
जिल्ला अदालत भक्तपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here