बोनस शेयर समयमै सूचीकृरण गराउन आग्रह

209

काठमाडौं । प्रदेश पाँच शेयर लगानीकर्ता फोरमले आस्बा शुल्क निशुल्क गर्न सम्बन्धीत कम्पनीहरुलाई आग्रह गरेको छ । फोरमले विज्ञप्ती जारी गर्दै सार्वजनिक निष्कासनका धितोपत्र खरिदको लागि तिर्नुपर्ने आस्बा शुल्क निशुल्क गर्न माग गरेका हुन । प्राथमिक धितोपत्र बजारमा पछिल्लो समय सार्वजनिक निष्कासनले निरन्तरता पाईरहेको अवस्थामा २७ लाखभन्दा बढी लगानीकर्ताहरुको आवेदन परेको तथ्याङ्क छ ।

हाल ५५ कम्पनीहरुले आस्बा सेवा प्रदान गरिरहेको अवस्थामा धेरैजसो कम्पनीहरुले निशुल्क गरेपनि कतिपय कम्पनीहरुले शुल्क लिईरहेको फोरमको ठहर छ । धितोपत्र बाँडफाँटको हालको व्यवस्थाका कारण कम आवेदकहरुलाई मात्र शेयर प्राप्त हुने हुँदा आस्बा शुल्क निशुल्क गरी राहत प्रदान गर्न फोरमले अनुरोध गरेको हो ।

साथै फोरमले कम्पनीहरुले वार्षिक साधारण सभाबाट पारित गरेको नगद लाभांश र बोनस शेयर समयमै वितरण गर्नुपर्ने माग पनि गरेको छ । हाल साधारण सभाबाट पारित भएको दिनदेखिनै नगद लाभांश वितरण हुदैं आएको सन्दर्भमा कुनै पनि कम्पनीले नगद लाभांश वितरणमा ढिलाई गर्ननहुने माग फोरमले गरेको हो ।

कम्पनीहरुले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपछि मात्र सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने हुँदा यस प्रकृयामा पनि ढिलाई नगर्न फोरमले अनुरोध गरेको छ । नगद लाभांश र बोनस शेयर वितरणमा भैरहेको ढिलासुस्तीका कारण आम लगानीकर्तामा पर्न गएको क्षतिप्रति फोरमले ध्यानकर्षण भएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here