काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन (बुधबार) सेयर बजार ओरालो लागेको छ। बुधबार सेयर बजार परिसूचक नेप्से १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा झर्यो।
मंगलबार उच्च अंकले बढेको सेयर बजार बुधबार पुनस् ओरालो लागेको हो। मंगलबार सेयर बजार परिसूचक नेप्से ५३।३० अंकले बढेको थियो।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि बुधबार ३.४७ अंकले घटेर ५१८.६६ विन्दुमा पुग्यो।
बुधबार जीवन बिमा र ‘अन्य’ बाहेक अरु सबै समूहको उपसूचकहरु ओरालो लागे। सबैभन्दा बढी जलविद्युत् समूहको कारोबार २.१८ प्रतिशतले घट्यो।
बुधबार सेयर बजारमा ३ अर्ब २ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भयो। बुधबारको कारोबार रकम पनि मंगलबारको तुलनामा कम हो। मंगलबार बजारमा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए। बुधबार उक्त कम्पनीको सेयर ३।४४ प्रतिशतले बढ्यो। यस्तै, सबैभन्दा बढी एभरेस्ट इन्सुरेन्सका सेयरधनीले नोक्सानी बेहोर्नु पर्यो। उक्त कम्पनीको सेयरमूल्य बुधबार ५.९६ प्रतिशतले घट्यो।


















