९०८ वटा खोप म्याद गुज्रिएर प्रयोग गर्न नमिल्ने रहेको उल्लेख छ।
खेर गएको खोपमध्ये सबभन्दा बढी मोडर्ना खोप रहेको छ। तथ्यांक अनुसार २५ हजार ५६२ मोडर्ना खोप खेर गएको छ। यस्तै, १९ हजार ४९ वटा कोभिसिल्ड र एस्ट्रेजेनेका र ७ हजार २३ वटा भेरोसेल, सिनोफार्म खोप खेर गएको तथ्यांकमा उल्लेख छ।
यस्तै, ५ हजार १९५ जोनसन खोप खेर जाँदा सबभन्दा कम फाइजर खोप खेर गएको छ। तथ्यांक अनुसार जम्मा ७९ वटा फाइजर खोप खेर गएको छ।
समितिले केही जिल्ला र पालिकामा अस्वाभाविक रूपमा खोप खेर गएको जनाए पनि ती कुन-कुन जिल्ला वा पालिका हुन् भन्ने उल्लेख गरिएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ लाख खोप हराएको कुरा बाहिर आएपछि त्यसबारे छानबिन गर्न डाक्टर गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
बरू उल्टै अहिलेसम्म भित्रिएको खोपभन्दा साढे चार लाख खोप बढी भेटिएको छ।
प्रतिवेदनमा ४ लाख ५५ हजार ३५५ वटा खोप बढी भेटिएको उल्लेख छ। जबकी अहिलेसम्म नेपालमा प्राप्त खोप संख्या ४ करोड ५७ लाख ८ हजार ४० रहेकोमा ३ करोड ३८ लाख २६ हजार ३३० खोप लगाइसकिएको छ। तर मौज्दातमा अझै १ करोड २३ लाख ३७ हजार ६६५ खोप रहेको उल्लेख छ। अर्थात् साढे चार लाख बढी खोप भित्रिएको देखिन्छ।
समितिले केही जिल्ला र पालिकाहरूले खोप लगाए पनि त्यसको अद्यावधिक गर्ने काम नियमित नगरेको बताएको छ।
साथै, केही मानिसहरूले खोप लगाएबापत पैसा लिएको गुनासाहरू आएको र सोबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरी मुद्दा दायर गरेको जनाएको छ।
स्वास्थ्यमन्त्री खतिवडा आफैंले केही समयअघि एक टेलिभिजनसँगको कुराकानीमा आफूले पैसा तिरेर खोप लगाएको बताएका थिए। तर एमालेका सचिव योगेश भट्टराईले मन्त्री खतिवडाले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालबाट निःशुल्क खोप लगाएको दाबी गरेका छन्। त्यसपछि यस्तो संवेदनशील विषयमा झूटो कुरा गरेको भन्दै एमालेले विज्ञप्तिमार्फत् मन्त्री खतिवडाको राजीनामा माग गरेको छ।


















