विश्वकप क्रिकेटमा ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल

96

काठमाडाैं । आईसीसी टी २० विश्वकप क्रिकेटका लागि नेपालले ग्लोबल छनोटमा ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा ओमानविरुद्ध खेल्न लागेको नेपालले टस हारेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिमले टस हारेपछि पहिला ब्याटिङ गर्नुपर्ने भएको छ । ओमानका कप्तान जिशान मक्सुदले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।  नेपालले ४ जना बलरलाई मैदान उतार्दा २ जना अलराउण्डर छन् भन् पाँच जना ब्याटरले नेपालको पारि सम्हाल्ने छन् । यो प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

सोही प्रदर्शन दोहोर्‍याउने रणनीतिमा हुने छ । आजको खेलमा शरद भेषावकर, गुल्सन झा र सागर ढकाललाई बाहिर राखिएको छ ।  नेपालको  प्लेयिङ सेट    सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here