च्यासल युथ क्लब रेलिगेसनमा

123

काठमाडौं । फ्रेन्ड्स क्लबसँग २–१ ले पराजित भएपछि च्यासल युथ क्लब शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनमा परेको छ ।

च्यासल युथ तीन सिजन नेपाली फुटबलको शीर्ष डिभिजन लिग खेलेर ‘बी’ डिभिजनमा झरेको हो । च्यासल युथ ०७३ सालमा ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो ।

जितसँगै फ्रेन्ड्सले १२ खेलबाट १० अंक जोडेको छ । त्यो रेलिगेसन क्षेत्रमा रहेको ब्रिगेड ब्वाइज क्लबभन्दा तीन अंकले माथि हो । जावलाखेल युथ क्लबको पनि समान १० अंक छ । तर, फ्रेन्ड्सले एक खेल बढी खेलेको छ । च्यासल भने ६ अंकका साथ पुछारमा छ । योसँगै फ्रेन्ड्सले रेलिगेसनबाट जोगिने सम्भावना जीवित राखेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्ड्सले ३८औँ मिनेटमा जमौल एन्थोनीले गोलबाट अग्रता लिएको थियो । ४३औँ मिनेटमा एन्थोनीले पेनाल्टीमा गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । च्यासलका अभिषेश लिम्बूले पेनाल्टी क्षेत्रभित्र एन्थोनीलाई लडाएपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो ।

५६औँ मिनेटमा मौसा अबगानाले पेनाल्टीमा गरेको गोलबाट च्यासल युथले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन । फ्रेन्ड्सका गोलकिपर राहुल यादवले पेनाल्टी क्षेत्रमा च्यासल युथका राजीव लोप्चनलाई फाउल गरेपछि च्यासलले पेनाल्टी अवसर पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here