काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थली गजरकोट हाइट बस्ने सुमित्रा ढुंगानाको घरमा कोही नभएको अवस्थामा विभिन्न सुनका गर-गहना र नगद समेत गरी करिब ३ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने राजेश जरेजुको घरमा कोही नभएको अवस्थामा सुन, चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ४ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरी गर्ने व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















