संखुवासभा । सभापोखरी गाउँपालिका–२ वितलवका ५० वर्षीय दलबहादुर दर्जीको आफ्नै छोराले हत्या गरेका छन्।संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ह्याम्बरले हानेर शुक्रबार राति करिब १२ बजेतिर १७ वर्षीय छोराले दलबहादुरको हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए।बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरे पनि उनको नाम भने सार्वजनिक गरेको छैन। घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।शवपोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ।


















