सुकेधारमा डिजिस्टोर आउटलेट शुरू गर्दै कम्पनीका अध्यक्ष अरुण वंशलले कोभिड १९ को कारण केही ढिलोगरी स्टोर शुरू गरिएको तर अबको ६ महिनामा काठमाडौंका ६ स्थानमा स्टोर सञ्चालनमा आउने बताएका छन् । काठमाडौं बाहिर धरानमा यसै महिना डिजिस्टोर सञ्चालन हुने उनले जानकारी दिनुभयो ।
यसै गरी कम्पनीले इन्नोभेटिभ र लाइफस्टाइल प्रोडक्टहरू विस्तार गरिरहेको छ । डिजिस्टोरमा डिजिकमबाहेक अन्य ब्रान्डहरू प्रोडक्ट, मोबाइल एसेसरिज, ल्यापटप लगायतका दर्जनौं प्रडक्टहरू उपलब्ध रहेका छन् । यसै गरी कम्पनीले होम एप्लायन्सेसका प्रोडक्टहरू पनि उपलब्ध गराउने जनाएको छ ।
डिजिटल र अन्य प्रोडक्टहरूसहितको डिजिस्टोर एक आधुनिक स्टोर हो, जहाँ सामान किन्नमात्रै नभएर वास्तविक रूपमा प्रविधिका नयाँ प्रडक्टहरूबारे अपडेट पनि लिन सकिन्छ । स्टोरका सामानहरू डिजिस्टोर डटकम डटएनपीमार्फत पनि अर्डर गर्न सकिनेछ । डिजिस्टोरलाई देशैभरि सेवा विस्तार गर्नेगरी काम गरिरहेको कम्पनीका अध्यक्ष वंशलले जानकारी गराए ।


















