आज तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ कायम

126

काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्य आज मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ कायम भएको छ ।  यस मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबै भन्दा उच्च मूल्य रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । २४ का

त्तिक २०७७ मा सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको खरिद बिक्री मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।  यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ । हिजो सोमबार प्रतितोला १३ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here