गृहमन्त्री खाण प्रधानमन्त्रीको सन्देश लिएर ‘प्रचण्ड’ र केपी ओली निवास पुगे

121

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाण दौडधुपमा लागेका छन्। बुधबार बिहान गृहमन्त्री खाण प्रधानमन्त्रीको सन्देश लिएर सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका हुन्।

बुधबार विहान साढे ८ बजे प्रधानमन्त्रीको सन्देश प्रचण्ड निवास पुगेका खाण लगतै ओली निवास बालकोट पुगेका थिए। बिहीबार संसदबाट एमसीसी पारित गर्नुपर्ने बाध्यता भएकाले गृहमन्त्री आफ्नो दौडधुप बढाएका हुन् ।

भेटका अवसरमा खाणले दुवै नेतासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसीसी अनुमोदन गर्नेलगायत विषयमा छलफल गरेको बताइएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पारितमा नसघाउने भएपछि प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओलीलाई सघाउन आग्रह गरेका छन्। प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि पारित गर्ने दबाबमा भएकाले समर्थन जुटाउन लागि परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here