काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले काठमाडौ ७ का सांसद रामवीर मानन्धरले आफ्नो पदबाट राजीनामा दिनु नपर्ने निर्णय गरेको छ । मानन्धरले नेता बामदेव गौतमका लागि काठमाडौ ७ बाटा आफूले राजिनामा दिने घोषणा गरेका थिए । आइतबार बसेको सचिवालय बैबठकमा मुख्य गरी बामदेव गौतमले चुनाव लड्ने सम्बन्धमा उठेका विषयमा गम्भीर छलफल भएको छ । बैठकले रामवीरले राजिनामा गर्नु नपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।
नेता गौतमले काठमाडौ ७ का प्रतिनिधि सभा उम्मेद्वार रामवीर मानन्धरलाई राजिनामा दिन लगाएर उपनिवार्चन लड्ने निर्णय गरेसँगै सबैतिर नेकपा र बामदेव गौतमको आलोचना भएको थियो । चौतर्फी विवाद भएपछि गौतमले आफ्नो निर्णयबाट पछि हट्ने घोषणा गरेका थिए ।
पार्टी भित्रका अन्य विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक सोमबार १ बजेबाट सुरु हुँदैछ ।


















