हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु

43

काठमाडौं । सर्लाही माघ ९ जिल्लाको हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ।

 

दुर्घटनामा हरिपूर्वा –९, का ३४ वर्षीय जोगी यादवको ज्यान गएको हो।

हरिपूर्वा –१ अन्तर्गत भित्री सडकखण्डमा भारतीय नम्वर प्लेटको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए।

उनलाई जनकपुरमा सामान्य उपचारपश्चात थप उपचार गर्न काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

दुर्घटनामा परेको मोटरसाइकल भारतीय नम्वर प्लेटको भए पनि नम्वर भने स्पष्ट हुन नसकेको प्रहरी नायव नीरीक्षक डिएसपी विजय श्रेष्ठले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here