नेपालकाे आफ्नै भर्चुअल मुद्राको तयारीमा जुट्दै राष्ट्र बैंक

81

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा ९डिजिटल करेन्सी० ल्याउने तयारी गरेको छ । हाल प्रयोगमा रहेको भौतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो ।

त्यसका लागि ‘कन्सेप्ट पेपर’ तयार भइसकेको जनाइएको छ । पछिल्लो पटक विश्वमा क्रिप्टोकरेन्सी, डिजिटल करेन्सीको निकै चर्चा चलिरहेको छ ।

यस्तोमा क्रिप्टोकरेन्सीलाई अवैध कारोबार भन्दै आएको राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउन तयारी गरेको हो । त्यसका लागि सार्क राष्ट्र अन्तर्गतका केन्द्रीय बैंकहरूको प्रतिनिधि सहितको समूहले कन्सेप्ट पेपर तयार पारेको राष्ट्र बैंकका सह(प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

‘नेपाल राष्ट्र बैंकको अध्यक्षतामा सार्क राष्ट्रका केन्द्रीय बैंकहरूका प्रतिनिधि सहितको टोलीले अध्ययन गरी कन्सेप्ट पेपर तयार पारेको हो,’ उनले भने, ‘जसअनुसार केन्द्रीय बैंकले मनी सर्भर स्थापित गरी त्यसमार्फत मुद्रा जारी गर्नेछ ।’

‘राष्ट्र बैंकले क्रिप्टोलाई करेन्सीको रुपमा मान्दैन,’ उनले भने, ‘क्रिप्टोकरेन्सीका लागि त्यसमा करेन्सीको फिचर हुन आवश्यक छ । जुन क्रिप्टोमा छैन । क्रिप्टो जो कोहीले किनबेच गर्नसक्ने र भ्यालु बढ्दै जाने हुन्छ । यो सरकारी मुद्राभन्दा पूर्ण रुपमा फरक हो । त्यो हुँदा हाल राष्ट्र बैंकले जारी गर्ने प्रिन्टेड मुद्राको सपोर्टमा डिजिटल भर्चुअल करेन्सीको तयार गर्न लागिएको हो ।’

हुन त अहिले पनि डिजिटल माध्यममार्फत नै कारोबार हुने गरेको छ । तर, त्यसरी हुने कारोबार पनि प्रिन्टेड मुन्द्रामा आधारित नै रहेको बताउँदै सहप्रवक्ता पोखरेलले भविष्यमा फिजिकल करेन्सी नछाप्ने गरी प्रक्रिया अघि बढ्ने बताए ।

त्यसका लागि राष्ट्र बैंकले छुट्टै मनी सर्भरमार्फत मुद्रा जारी गर्नेछ । जुन बैंक वित्तीय संस्था हुँदै क्लाइन्टमा पुगेर डिजिटल कारोबार हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here