बानेश्वरमा  राष्ट्रघाती  एमसिसीविरूद्ध प्रदर्शन

79

काठमाडौं । बानेश्वरमा  राष्ट्रघाती  एमसिसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तानव सिर्जना भएको छ।   एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी गराए ।

बिहीबारमा प्रदर्शनकारीले सुरूमा प्रहरीले सुरूक्षाको घेरा बनाएको थियो। सो घेरा प्रदर्शनकारीले तोड्ने प्रयास गरेका थिए। उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले लाठी चार्ज गरेका  छन् भने प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका हन्। भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग गरी पानीको फोहराले हानेको हो।

त्यस्तै अश्रु ग्यास पनि प्रहार गरेको छ। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ।  बिहीबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भोलिको लागि स्थगित भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बसेको बैठकमा एमसिसी टेबल गरेका थिए।

facebook sharing button

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here