आजदेखि कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई कठियाबाडी’ प्रदर्शन

104

काठमाडौं । शुक्रबार नेपाली कथानकल ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई कठियाबाडी’ सिनेमा हलमा प्रदर्शन भएका छन्। आज शुक्रबारबाट यी दुई फिल्महरु नेपाली फिल्म हलमा प्रदर्शन सुरु भएका हुन्।

सुदर्शन थापाले निर्देशन गरेको ‘म यस्तो गीत गाउँछु २’ सांगीतिक र प्रेम विधामा आधारित फिल्म रहेको छ।  चलचित्रमा पूजा शर्मा र पल शाह मुख्य भूमिका खेलेका छन्। त्यस्तै हरिहार शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गनेश गिरी, सोनिका रोकायालगायत कलाकारले चलचित्रमा अभिनय गरेका छन।

निर्देशक थापाकै कथामा शिवम् अधिकारी र दिनेश न्यौपानेले लेखेको पटकथामा आधारित फिल्मलाई अभिनेत्री शर्मा र निर्देशक थापाको संयुक्त लगानीमा निर्माण गरिएको छ।  त्यस्तै, आलिया भट्ट मुख्य भूमिकामा रहेको  चलचित्र ‘गंगुबाई कठियाबाडी’को पनि आजबाट प्रदर्शन सुरु भएको छ। सञ्जय लिला भन्सालीले निर्देशन गरेको चलचित्र ‘बायोग्राफिकल क्राइम’ विधामा आधारित चलचित्र हो। फिल्म आंशिक रुपमा जे हुसैन जैदीले लेखेको पुस्तक ‘माफिया क्वीन अफ मुम्बई’मा आधारित छ। चलचित्रमा गंगुबाई हर्जीवनदासको कथालाई प्रस्तुत गरिएको छ, जो कोठीदेखि भारतमा माफीया क्वीनसम्म बनेकी थिइन्।

‘गंगुबाई कठियाबाडी’मा आलियासँगै विजय राज, अजय देवगण, सान्तनु महेश्वरीलगायतका कलाकारको अभिनय छ। शुक्रबार प्रदर्शनमा आएका दुई चलचित्रसँगै सिनेमा हलमा दक्षिण भारतीय चलचित्र ‘वलिमाई’ र हलिउड चलचित्र ‘अनचाटर्ड’ पनि प्रदर्शन भइरहेको छ। एक विनोथले निर्देशन गरेको अजिथ कुमार अभिनित ‘वलिमाई’ बिहीबार प्रदर्शनमा आएको थियो भने हलिउड अभिनेता टम होल्याण्ड अभिनित ‘अनचाटर्ड’ रुवेन फ्लेइस्चेरले निर्देशन गरेको चलचित्र हो। यो चलचित्र १८ फेब्रुअरीमा प्रदर्शनमा आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here