क्रसर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

79

मलंगवा । सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here