राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध दाङमा जिल्ला प्रशासन कार्यालय घेराउ

112

 

घाेराही। राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध दाङमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ।
विप्लव नेतृत्वको नेकपा सहित दाङमा कृयासिल कम्युनिस्ट पार्टीहरु नेकपा ( मशाल),नेकपा (क्रान्तिकारी माओवादी),नेकपा माले र दुई मोर्चा देशभक्त जनगणतान्त्रीक मोर्चा र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा जिल्ला प्रशासन घेराउ गरिएको हो। घोराहीको ट्राफिक चोकबाट बिरोध र्याली सुरु भएर बजारका विभिन्न चोकहरु परिक्रमा गर्दै बिरोध प्रदर्शन प्रशासन कार्यालय पुगेर बिरोध सभामा परिणत भएको थियो।

बिरोध सभालाई सम्बोधन गर्दै नेकपा बिशेष कमिटी सदस्य सम्झनाले राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध सम्पुर्ण नेपाली जनता सडकमा उत्रनुपर्ने आवस्यकता रहेको उद्घोष गर्नुभएको थियो। उहाले एमसिसी नेपाली जनताका लागि विकास होइन विनाश गर्ने रणनीति सहित आएकाले खारेजिको विकल्प नरहेको समेत बताउनुभएको हो। नेतृ सम्झनाले अमेरिकी साम्राज्यवादका नेपाली दलालहरुले जबर्जस्त नेपाली जनताको थाप्लोमा एमसिसि लाद्छु भन्ने सोच्नु दिवा सपना मात्रै हुने जिकिर समेत गर्नुभएको थियो।
उहाले भन्नुभयो,” शासकहरुले हिजोको इतिहास पल्टाएर हेर्दा हुन्छ जताततै बिरता र बहादुरिपुर्ण इतिहास बोकेको देशमा एमसिसि लाद्छु भन्ने नसोचे हुन्छ, खरानी हुन्छौ तर पास हुन दिन्नौ।”
संंसद भवन बाहिर तारबार गरेर दलालहरु सुरक्षीत नहुने नेतृ सम्झनाको चेतावनी थियो।
एमसिसि हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग भएकाले तत्काल खारेज हुनुपर्ने नेतृ सम्झनाले बताउनुभएको थियो। उहाले एसियामा आफ्नो सुरक्षा प्रभाव बिस्तार गर्ने, छिमेकी मुलुक चिनमाथी नेपाली भुमी प्रयोग गरि आक्रमण गर्ने, नेपालमा रहेका बहुमुल्य खनिज पदार्थको दोहन गर्ने रणनीति सहित अमेरिकाले हरियो डलर देखाएर नेपाली मातृभुमीमाथी गिद्देदृस्टी लगाएको समेत बताउनुभएको हो।

बिरोध सभालाई राष्ट्रिय जनमोर्चाकि केन्द्रीय सदस्य कमला जिसि,नेकपा ( क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजित चौधरी, नेकपा माले लुम्बिनी प्रदेश कमिटी सदस्य कपिल पोख्रेलले सम्बोधन गर्नुभएको थियो।
बिरोध सभाको सहजीकरण अखिल छैठौंका केन्द्रिय समिती सदस्य लक्ष्मण बिकले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here