अन्तिम खेलमा फ्रेन्ड्स र शेर्पाले अंक बाँडे

95

काठमाडौं । सहिद ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्स र शेर्पाले १–१ गोलको बराबरी खेलेका हुन्। फ्रेन्ड्सले आत्मघाती गोलबाट अग्रता लिएपनि शेर्पाले अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाएको हो।

खेलको ७३औं मिनेटमा दिवस उराउको आत्मघाती गोलबाट फ्रेन्ड्सले अग्रता लिएको थियोे। रोनेल एन्थोली पउलको फ्रिकिकलाई दिवसले हेडरमार्फत् बचाउने क्रममा गोलरक्षक किशोर गिरीले सटिक डिसिजन लिन सकेनन्। तर, ८९औं मिनेटमा विसन गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याए। यो बराबरीसँगै शेर्पाले लिगको १३ खेलबाट १४ अंक जोड्यो। फ्रेन्ड्सको १३ खेलबाट ११ अंक जोड्दै १२औं स्थानमा लिगको अन्त्य गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here