निर्वाचन आयोगमा २९ वटा दल दर्ता

95

काठमाडौं ।  वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा २९ वटा दल दर्ता भएका छन्।

आयोगमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन एकता, राष्ट्रिय जनमुक्ति विवेकशील पार्टीलगायत २९ दल दर्ता भएको जानकारी दिएको छ।

यस्तै, आयोगले स्थानीय निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ बजेट माग गर्ने निर्णय गरेको पनि गरेको छ। निर्वाचनमा खटिने १ लाख १० हजार ७१३ जना अनुमानित जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको दरमा बिमा गर्नुपर्ने भएकोले फागुन ११ गते सार्वजनिक सूचना जारी गरी सम्बन्धित बिमा कम्पनीसँग प्रस्ताव आह्वान गरिएको पनि जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइयो।

आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि फागुन ५ सूचना निकालेर फागुन १५ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको थियो ।

No description available.

ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here