मोरङको लेटाङ नगरपालिका-८, ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको हत्याको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
लेटाङकै ६४ वर्षीय र ४६ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।
प्रहरीले उनीहरूको नाम भने खुलाएको छैन । पक्राउ परेकाहरूको घर बालिकाको घर आउने बाटोमा रहेको मोरङ प्रहरीको भनाइ छ । बुधवारदेखि हराएकी ती बालिकाको शव खाल्डोभित्र वस्त्रविहीन अवस्थामा शुक्रवार भेटिएको थियो ।


















