काठमाडौं । सहकारी संस्थाहरुले ऋणमा दिने ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) बढाइएको छ । सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा सहकारी विभागले सन्दर्भ ब्याजदर १६ प्रतिशत बनाएको हो । गत शुक्रबार बसेको समितिको बैठकले सन्दर्भ ब्याजदर बढाउने निणर्य गरेको थियो ।
सो निणर्य अनुसार विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सन्दर्भ ब्याजदर बडाइएको जानकारी दिए । यस अघि यस्तो ब्याजदर १४.७५ प्रतिशत थियो । सन्दर्भ ब्याजदर भनेको सहकारी संस्थाहरूका लागि तोकिने ब्याजदरको अधितम सीमा हो । अब सहकारी संस्थाहरुले १६ प्रतिशतसम्म ऋणमा ब्याजदर लिन सक्नेछन् । यसअघि विभागक तत्कालीन रजिष्ट्रार डा. टोकराज पाण्डेको कार्यकालमा सन्दर्भ ब्याजदर घटाएर १४.७५ प्रतिशत बनाइएको थियो ।















